प्रतिनिधिसभाका सांसदले फागुनको तलबसँगै पुस र माघको पनि पाउने
काठमाडौँ १४ फागुन- प्रतिनिधिसभाका सांसदहरुले विघटित अवधि सम्मको सबै तलब भत्तासहित सुविधा पाउने भएका छन्। उनीहरुले फागुनको तलबसँगै पुस र माघको पनि पाउने भएका हुन् । गत पुस ०५ गते केपी शर्मा ओलीले संसद विघटन गरेपछि संसदहरुको तलब रोकिएको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै पुस ५ र फागुन ११ बीचको समयलाई 'शून्य समय'का रुपमा परिभाषित गरिदिएपछि उक्त अवधिको पनि सबै सुविधा सांसदहरुले पाउने भएका हुन्।सरकारले एकजना सांसदका लागि तलब भत्तासहित करिब ६५ हजार रुपैयाँ निर्धारण गरिदिएको छ प्रतिनिधिसभाका २७५ सांसदहरुले मासिक १ करोड ८० लाख रुपैयाँ तलबभत्ता वापत लिने गरेका छन्।
त्यस्तै संघीय संसद सचिवालयले प्रतिनिधिसभाका २७५ सांसदको पुस र माघको ३ करोड ७५ रुपैयाँ भुक्तानी तयारी गरेको छ। यसका लागि संसद सचिवालयले फागुनको तलबमा पुस र माघको पनि जोडेर निकासा तयारी गर्न लागेको हो।