image
image

आजदेखि बुस्टर डोज दिइने, क-कसले पाउँछन् 

काठमाडौँ, २०, पुस  । सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका व्यक्तिहरूलाई जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिइने भएको हो ।

यो बुस्टर डोज नभइ कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई दिइने थप एक अतिरिक्त मात्रा हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि अतिरिक्त खोप दिन सुरु गरिने बताए । ‘अतिरिक्त खोप लक्षित समूह जस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई दिइनेछ भने बुस्टर डोज सबैलाई दिइनेछ’ उनले भने ।

केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिने सिफारिस गरेको थियो ।

क-कसले पाउनेछन् ?

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति
सक्रिय क्यान्सर पीडित
अंग प्रत्यारोपण गरेका बिरामी
एचआइभी भएका बिरामी
उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी
साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्ति उल्लेखित समूहमा पर्ने लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थय संस्थामा गई थप मात्रा खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।