image
image

फ्रान्समा एकै दिन थपिए १ लाख ८० हजार कोभिड संक्रमित

काठमाडौँ, १४, पुस । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। युरोपकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको छ।

फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन्। यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा १ लाख १७ हजार ९३ जना, इटालीमा ७८ हजार, पोर्चुगलमा १७ हजार १७२, ग्रिसमा २१ हजार ६ सय ५७ जनामा संक्रमण फेला परेका छन्। 

क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले युरोपमा कोरोना तीव्र रूपमा फैलिएको हो।विश्व स्वास्थ्य संगठनले कोरोनाको पछिल्लो लहरबाट युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस हुनसक्ने चेतावनी दिएको छ।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानका अनुसार आगामी जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या २ लाख ५० हजार नाघ्नसक्ने र अधिकांश अस्पताल कोभिडका विरामीले भरिनसक्ने बताएका छन्।

यसैबीच सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ। फ्रान्समा अहिलेसम्म २ करोड ३० लाख जनाले कोभिडको बुस्टर डोज लगाइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।