image
image

उपत्यका प्रवेश गर्ने ५ नाकामा धुलाइ केन्द्र स्थापना गरिने

काठमाडौँ १३ फागुन- काठमाडौं उपत्यका प्रवेश गर्ने ५ नाकामा धुलाइ केन्द्र स्थापना गरिने भएको छ । यातायात व्यवस्था विभागले नागढुंगा, साँगा, चोभार, नागार्जुन, शंखु र टीकाभैरव नाकामा धुलाइ केन्द्र स्थापनाका लागि विस्तृत प्रस्ताव माग गरेको हो । 

विभागले इच्छुक कम्पनी–फर्मलाई १८ चैतसम्ममा प्रस्ताव पेस गर्न म्याद दिएको छ । त्यस्तै धुलाइ केन्द्र स्थापना गर्न आवश्यक जग्गा, धुलाइ गर्ने केन्द्रका विभिन्न भागहरूको डिजाइन, धुलाइ केन्द्रमा हुने कामको शृंखला, धुलाइ गर्न लाग्ने समय, प्रयोग हुने मेसिन र अन्य उपकरणहरू, धुलाइ गर्न लाग्ने पानीको अनुमान, पानीको पुनः प्रयोग गर्ने तरिका लगायत विषय प्रस्तावमा माग गरिएको छ ।

यस अघी वातावरणीय प्रदूषण न्यूनीकरणलाई सहयोग पुर्याउन सवारीसाधन धुने केन्द्रको स्थापना तथा सञ्चालनलाई नियमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीसाधन धुलाइ मापदण्ड जारी समेत गरेको जारि गरेको छ। सो मापदण्ड एम्बुलेन्स, शववाहन, बारुणयन्त्र र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरबाहेकमा मात्र  कार्यान्वयनमा ल्याउने तयारी छ ।
 
यस्तै  सवारी धुने केन्द्रलाई क ख र ग गरि  तीन तहमा विभाजन गरेको छ । पहिलो ‘क’ वर्गको केन्द्रमा दैनिक ५ सय वा त्योभन्दा पहिल‘क’ वर्गको केन्द्रमा दैनिक ५ सय वा त्योभन्दा बढी सवारीसाधन धुने क्षमता भएको हुनुपर्नेछ । त्यस्तै, दोस्रो ‘ख’ वर्गको केन्द्रमा दैनिक १ सयदेखि ५ सयसम्म सवारी धुने क्षमता र तेस्रो  ‘ग’ वर्गको केन्द्रमा दैनिक एक सयवटासम्म सवारी धुने क्षमता हुनुपर्नेछ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।