image
image
ओमिक्रोनका कारण इटालीमा प्रतिबन्धको घोषणा

ओमिक्रोनका कारण इटालीमा प्रतिबन्धको घोषणा

काठमाडौँ, ९, पुस । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ । यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् ।

पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ । इटालीको मन्त्री परिषदले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि कडाई गरिएको यहाँको सरकारले जनाएको छ ।

यहाँका प्रतिबन्धहरुमा रात्रि क्लबहरू र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरै जना व्यक्ति भेला हुन नपाउने नियम बनाइएको छ । यहाँ प्रत्येक दिन नयाँ भेरियन्ट ओमिक्रोनका सङ्क्रमितहरु देखिने गरेका छन् । साथै पछिल्लो समयमा डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको बताइएको छ । एजेन्सी 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।