image
image

विश्वकै सबैभन्दा लामो पोखरा-मुक्तिनाथ केवलकार संचालनको तयारी  

काठमाडौं, १२ फागुन । अब छिटै पोखरा-मुक्तिनाथ केवलकार संचालनमा आउने भएको छ । मुक्तिनाथ दर्शनले नयाँ केवलकार संचालनको तयारी गरेको हो । मुक्तिनाथ दर्शनले पोखराको विरेठाँटीदेखि मुक्तिनाथसम्म विश्वकै सबैभन्दा लामो ८० किलोमिटर दुरीको नयाँ केवलकार संचालन गर्न लागिएको मुक्तिनाथ दर्शन प्रालिका निर्देशक पुजनराज रेग्मीले जानकारी दिएका छन् ।

पर्यंटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ संचालनमा आउन लागेको उक्त केबलकार कास्कीको विरेठाँटी हुँदै घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम भएर मुक्तिनाथसम्म पुग्नेछ । लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका रूपमा मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन सरकारको हातमा परेको हो ।

मुक्तिनाथ दर्शन प्रालिका निर्देशक पुजनराज रेग्मीका अनुसार सन् २०२४ अगष्टपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान सकिनेछ । त्यस्तै प्रति सेकेन्ड सात मिटरको गतिमा केबलकारका डिब्बा मुक्तिनाथसम्म पुग्न केबल तीन घण्टा ३६ मिनेट लाग्ने छ । ५३ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको उक्त परियोजनाले पर्यटन प्रवद्र्धनमा निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।