image
image

माघको दोस्रो साताभित्रै चोभार सुक्खा बन्दरगाह सञ्चालन, सुरुवातदेखि नै डिजिटल भुक्तानी

काठमाडौँ २९ मङ्सिर । माघको दोस्रो साताअगाडि नै चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आउने भएको छ। भन्सार विभागले अन्तर्राष्ट्रिय भन्सार दिवस  अगाडि नै बन्दरगाह सञ्चालनको लागि तयारी गरेको हो।भन्सार विभागका महानिर्देशक नारायण सापकोटाका अनुसार सकेसम्म भन्सार दिवसअगाडि नै सञ्चालन गर्ने तयारी भइरहेको छ। 'केही गरी ढिला भएको अवस्थामा पनि भन्सार दिवसको दिनबाट भने सञ्चालनका आउने छ' उनले भने। 

चोभार भन्सार बन्दरगाहमा सञ्चालन भएदेखि नै डिजिटल भुक्तानीबाट कारोबारसमेत हुने सापकोटा बताउँछन्। बन्दगाहका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको इन्टर मोडल यातायात समितिले भौतिक संरचना निर्माण गरेको थियो। संरचना निर्माणको काम सकिइसकेको छ। 

२०७५ साल माघ ३ गते शीलान्याश गरी बन्दरगाहको संरचना निर्माणका काम सुरु भएको थियो। बन्दरगाह निर्माणको लागि १ अर्ब ६० करोड रुपैयाँमा ठेक्का भएको थियो। उक्त रकममा केही थप रकम खर्च भएको छ।

निर्माणको जिम्मा आशिष र साक्षी जोइन्ट भेन्चरले पाएको थियो। २२० रोपनी जग्गामा फैलिएको उक्त बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्यारेन्टिन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारी साधनको चेकजाँच गर्ने संरचना निर्माण भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।