आज नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको छ। आज बिहान ११ बजे बालुवाटारमा बैठक आव्हान गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा विघटन मुद्दालाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि पार्टीले लिने आगामी निर्णयबारेमा छलफल हुने नेता मण्डलले जनाए ।
नेकपा प्रचण्ड–माधव पक्षले सर्वोच्चको फैसलाको स्वागत गर्दै आज बुधबार देशभर विजय जुलुश निकाल्ने तयारी गरिरहेका बेला नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको हो।
यसअघि मंगलबार नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिने र संसदमा सामना गरेरै फैसलाको कार्यान्वयन गर्ने बताएका थिए।