घरेलु उद्योग क्षेत्रको लगानीमा फड्को
काठमाडौँ १४ मङ्सिर । कोरोना कहरले ठूला उद्योग र अर्थतन्त्रमा असर परेर विभिन्न क्षेत्र सुस्ताएका बेलाघरेलु उद्योग क्षेत्रको लगानीले भने फड्को मरेको छ । समन्या समयमा ३ देखि ४ हजारको संख्यामा थपिने साना तथा लघु घरेलु उद्योग महामारीमा पनि झन्डै ३५ हजारले थपिएको उद्योग विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ को गत असार मसान्तसम्म देशभर यस्ता साना लगानीका उद्योगको संख्या ५ लाख २२ हजार ७ सय ३३ पुगेको छ । एक आर्थिक वर्षमा मात्रै नेपालमा ८३ हजार ३ सय ८६ वटा यस्ता नयाँ उद्योग विभागमा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा दर्ता हुन आएका लघु, घरेलु र साना उद्योगको संख्या हालसम्मकै धेरै हो । गत आर्थिक वर्षको मात्रै तथ्यांक हेर्ने हो भने झन्डै ९० हजार नयाँ उद्यमीले यस्तो क्षेत्रमा एक वर्षमा करिब २ खर्ब रुपैयाँ लगानी गरेका छन् ।