image
image

कतारले नेपाललाई दियो ५० भेन्टिलेटर सहित स्वास्थ्य सामग्री 

काठमाडौँ, १४, मंसिर । कतारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीसंग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। 

टर्किस एयरलाइन्सबाट काठमाडौ पठाइएको भेन्टिलेटरसहित स्वास्थ्य सामग्री कतारी राजदुतावासका कन्सुलर नासर विन घानिम अल-घानिम अल-मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डा पवनजंग रायमाझिमार्फत हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल-मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको सहयोगका लागि धन्यबाद दिए। कतारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनले बताए।

यसअघि पनि कतार सरकारले नेपाललाई चार्टड फ्लाइटमार्फत स्वास्थ्य सामग्री पठाएको थियो। कोभ्याक्स कार्यक्रममार्फत कोरोना विरूद्दको खोप पनि उपलब्ध गराएको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।