डा. बाबुराम भट्टराई अस्पताल भर्ना
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली पुगेका भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् ।
डा. भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । उनि लामो समयदेखि पेटको समस्याले ग्रसित छन।
भट्टराई आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए ।