image
image

एनसेल एपको नयाँ संस्करण डाउनलोड गर्दा १ जीबी डेटा निःशुल्क 

काठमाडौँ । एनसेल आजियाटा कम्पनी लिमिटेडले थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सोमबारदेखि संचालनमा ल्याएको छ ।

नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्ने भएको छ । यो संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । 

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मन पर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यसैगरी यस संस्करणमा एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । 

एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।