image
image

भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने

काठमाडौँ  ११ मङ्सिर  । भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रशारण लाइन भूमिगत गरिने भएको छ । प्रशारण लाइन भूमिगत गर्ने भएपछि आज नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यक्रममा  जानकारी गराएको हो । 
    
वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमि १३२ केभी भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताए । आयोजनाका इञ्जिनीयर विनोद मानन्धरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रशारण लाइन भूमिगत गर्ने क्रममा कसैबाट अनावश्यक विवाद आउन नहुने बताए । नगरप्रमुख प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायसँग समन्वय आवश्यक रहेको औँल्याए ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।