image
image

हङकङमा नेपाल एयरलाइन्सलाई प्रतिबन्ध, साढे चार करोड घाटा हुने

काठमाडौँ  १० मङ्सिर ।  नेपाल एयरलाइन्सलाई दुई साताका लागि हङकङ उडानमा प्रतिबन्ध लागेको छ। विमानस्थल प्रशासनले कोभिड–१९ प्रोटोकल पालना नगरेको भन्दै नेपाल एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाएको छ। 

नोभेम्बर २३ को उडानका क्रममा केही यात्रुलाई कोरोना देखिएको थियो। कोरोनादेखएिपछि २६ नोभेम्बरदेखि ९ डिसेम्बरसम्मको उडान प्रतिबन्ध गरेको हो।

काठमाडौंबाट गएका यात्रुमध्ये हङकङ विमानस्थलमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।  विमानस्थलमा उडानका लागि एयरलाइन्सले पालना गर्नुपर्ने नियम नगरेको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो। 

दुई हप्ताको प्रतिबन्धले दुई उडान/अवतरण रोकिने छन्। यसबाट नेपाल एयरलाइन्सलाई  साढे चार करोड घाटा हुने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।