image
image

आम्दानीको राम्रो स्रोत बन्यो बाँस, ३० वर्षदेखि बाँस बेचेरै पालेका छन् परिवार !

विराटनगर - लगनशील भई काम गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै ठूलो हुने उदाहरण बाँस बिक्रेताबाट देखिएको छ । 

विराटनगर–११ केशलीया नदी सडक छेउमा विगत ३० वर्षदेखि बाँस बेच्दै आउनुभएका जुगल मण्डलले सो कुराको पुष्टि गरेका छन्। उनले  मेहनत र लगनशील भएर काम गर्दा परिवारको पालनपोषण र मासिकरुपमा राम्रो आम्दानी गर्न सफल हुने बताए।
 
बाँसको आवश्यकता जन्मदेखि मृत्युसम्म हुने गर्दछ ।  घरायसी कार्यका लागि बाँस नभई नहुने भएकाले यसको बजार विस्तृत रहेको छ । घर निर्माण, पूजापाठ, मृत्यु वा घरयासी कामका लागिसमेत बाँसबाट बनेका धेरै प्रकारका सामग्री आवश्यक पर्ने गरेको छ ।  त्यसैले यसको बिक्री ज्यादै हुने गरेको बाँस व्यापारीको भनाइ छ ।
  
बाँसबाट बनेका सामग्री नाङ्लो, घरेलु सामान राख्ने ढकी, जुत्ता राख्ने ¥याक, तराईको ठूलो चाँड छठमा आवश्यकपर्ने कुनियालगायतका सामग्री निर्माण गर्ने गरिन्छ । 

अहिले विभिन्न नगर क्षेत्रका रेष्टुरेण्ट, होटलमा ग्राहकलाई नयाँ सजावट देखाउन र आकर्षणका लागि कटेज र बस्ने स्थानको निर्माण हुनाले यसको बिक्रीमा आधुनिकता वृद्धि बढेको देखिन्छ ।  

अहिले पनि ग्रामीण क्षेत्र तथा  शहरमा सुत्नका लागि बाँसको खाटसमेत बनाइएको देखिन्छ ।
 
बाँस खरीद गर्न आफू सुनसरीको देवानगञ्ज, हरिनगरा र भुटहाको ग्रामीण  क्षेत्रमा  जाने गरेको मण्डलले जानकारी दिनुभयो । विगतको तुलनामा अहिले बाँस गाउँतिर नै महँङ्गो मूल्यमा खरीद गर्ने उनले जानकारी दिए ।  

बाँस अहिले रु २३० प्रतिवटा खरीद गर्नुपर्ने र रु २८० देखि रु ३०० मूल्यसम्ममा बिक्री गरिँदै आइएको छ । 
 
बाँस खरीद गर्न गाउँमा जाँदा बैलगाडा लिएर जाने र त्यसमा ४० देखि ५० वटासम्म बाँस लोड गरेर ल्याउने गरेको उनले बताए।  व्यापारीलाई गाउँबाट बाँस ल्याउँदा बाटो कच्ची भएकाले राति हिँड्दा विद्युत् बत्ती नहुने भएकाले धेरै समस्या हुने गरेको छ । 
   
वर्तमान अवस्थामा कालोपत्र बाटोको निर्माण नहुनाले गाडा चलाउन समस्या भएकाले दुःख लागेको उनको भनाइ छ । बाँस खरीद गरेर ल्याइपछि सबै दिन एकैनाशको व्यापार नहुने भएकाले कहिलेकाहीँ त खरीद गरी ल्याइएको बाँस एउटा पनि बिक्री नभई सबै सुक्ने गर्दछन् । 

खरीद मूल्यभन्दा कममा घाटा खाएर बाँस धेरै सस्तोमा बिक्री गर्नुपर्ने समस्या रहेको उहाँले जानकारी दिनुभयो । ग्राहकले माग गरेमा आफूले घरघरसम्म बाँस लगिदिनेसमेत गरेको उनले बताए।
  
आफ्नो पाँच जनाको परिवारको पालनपोषण यही बाँसको कारोवारले गर्दै आइरहेको र यसको व्यापारबाट महिनामा राम्रो आम्दानी भएको हँुदा पेशाप्रति सन्तुष्ट लागेको  मण्डलले जनकारी गराए।
 
विराटनगर–११ निवासी रविन साह पनि विगत तीन वर्षदेखि बाँसको व्यापार गर्दै आउनुभएको छ ।  बाँस सुनसरीको गाउँबाट खरीद गर्ने र घरमा राखेर बेच्दै आइरहेको उनले बताए। ग्राहक घरमा आएर बाँस खरीद गरी लाने गरेको उनले जानकारी दिए।
 
चाडपर्वका समयमा अन्य महिनाको तुलनामा बाँसको बिक्री अत्यधिक हुने गरेको र त्यसबेला आम्दानी राम्रो हुने गरेको छ । विगतको तुलनामा ग्रामीण क्षेत्रमा कृषकले बाँस बढी मूल्य राखेकाले महङ्गोमा खरीद गर्नुपर्ने बाध्यता रहेको छ । उनी  ग्राहकले नबुझेर अत्यन्त मोलमोलाई गर्दा दुःख लाग्ने गरेको बताए।
 
बाँसका व्यापारीले विराटनगर महानगरपालिकाले ग्राहकलाई सहज खरीदका लागि एउटा बिक्री केन्द्रको व्यवस्था गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्  । 

त्यस्तै मोरङको कदमाह निवासी–२४ वर्षीय लक्ष्मण मण्डलले घरबाट ठेलागाडामा बाँस ढुवानी गरी विराटनगरको हाटखोलामा ल्याएर बाँस बेच्दै आइरहनुभएको छ । उनले  बाँस मोरङको नेताचोक, कर्सिया, तेतरिया र झोराहाटबाट खरीद गरी ल्याई बिक्री गरेको जानकारी दिए। 
 
उनले  १६ वर्षको उमेरदेखि बाँसको खरीद बिक्री गर्दै आइरहेको जानकारी दिँदै घरपरिवारको खर्च चलाउनुपर्ने जिम्मेवारी आएपछि काम गर्नुपरेको बताए । 

मोरङको भित्री गाउँमा पसेर बर्षात् र हिउँदका समयमा समेत बाँस खरीद गर्ने र केही नाफा खाएर बिक्री गर्ने गरेको उनले जानकारी दिए। 
 
साउन भदौ महिनाबाहेक अन्य महिनामा बाँसको व्यापारबाट राम्रो मुनाफा आर्जन हुने व्यापारीको भनाइ छ । यसैगरी ६० वर्षीय श्याम सहनी  बाँस बैलगाडामा घरघर डुली बिक्री गर्दै हिँड्ने गर्छन्  । उनले आफ्नो जीवन  बाँस घरघरमा डुलाउँदै बिक्री गर्नमा बित्न लागेको बताएका छन्।

  
दिउँसोका समयमा सडक व्यस्त हुनाले बैलगाडा सञ्चालनमा बाधा हुने तथा ट्राफिक प्रहरीले पनि समस्या गर्ने हुनाले बिहानको समयमा बिक्री लागि बाँस ल्याउने गरेको उनीहरुको भनाइ छ।
 
घरबाट बिक्रीका लागि बिहान हिँडेपछि सम्पूर्ण बाँस बिक्री नभएसम्म बिक्रीस्थलमा बस्ने, खाने गरेको उनीहरुको भनाइ रहेको छ । उनीहरुले घरबाट ल्याएको चिउरा, मुरी अथवा बिक्रीस्थलमा खाना पकाइ खाने गरेको बताए ।  

बिक्रीस्थलमा अरु सबै ठिक भए पनि पानी र शौचालयका भने धेरै नै कष्ट व्योर्नुपर्ने उहाँको गुनासो रहेको छ ।
 
सानो व्यापार भए पनि ग्रामीण क्षेत्रबाट खरीद र बिक्रीका लागि ल्याउँदा गाउँपालिका र महानगरमा कर तिर्नुपर्ने हुँदा यसमा छुट गर्नुपर्ने व्यवसायिको आग्रह छ । घर सञ्चालनमा धेरै समस्या पर्ने भएकाले सम्पूर्ण बाँसको बिक्री नहुञ्जेलसम्मका लागि बिक्रीस्थलमा बस्ने गरेको उनीहरुले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।