जापानमा १ लाख ५२ हजार तलब सहित रोजगारीको अवसर
काठमाडौँ ७ मङ्सिर । जापानको एक कम्पनीले पाँच नेपाली कामदारको माग गरेको छ । कामदारले हप्तामा ५ दिन र दैनिक ७ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले बस्न सहित तलब एक लाख ५२ हजार हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले क्यापिटल इन्टरनेस्नल प्रालिको कार्यालय बसुन्धरा काठमाडौँको कार्यालयमा मंसिर १३ अथवा लगनखेलको कार्यालयमा १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदारले बेहोर्नु पर्नेछ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।










