युएई र कतारमा आकर्षक तलब सहित भारी संख्यामा कामदारको माग
काठमाडौँ ५ मङ्सिर । युएई र कतारमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । युएई र कतारको विभिन्न कम्पनीले १०० भन्दा बढी पुरुष तथा महिला नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ८१ हजार माथि सम्म पाउनेछन् ।। इच्छुक कामदारले एसोसिएट्स वेलकम इन्टरनेस्नल प्रालिको कार्यालय सामाखुशी काठमाडौँ मंसिर ११ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च , विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ।










