अब श्रमिक ठग्नेलाई कारबाही हुन्छ: श्रममन्त्री श्रेष्ठ
काठमाडौँ ३ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले ‘फ्री भिसा फ्री टिकट’को कार्यान्वयन नभए कानुन बनाएर कारबाही गर्ने बताएका छन् । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन् ।
शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिबद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताए । त्यस्तै मन्त्री श्रेष्ठले श्रमिकहरुलाई एजेन्टमार्फत् नभइ सिधा म्यानपावरसम्म पुर्याउनका लागि पहल गर्ने समेत बताए ।
त्यस्तै उनले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीहरुको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने त्यसतर्फ श्रमिकलाई सचेत गराउने बताए ।उनले सबैभन्दा ठूलो समस्या भारतमा जाने नेपाली कामदारहरुको भएको भन्दै कामदाहरुले न्यूनतम पारिश्रमिक पाउने व्यवस्थाका लागि पहल गरिरहेको समेत जानकारी दिए ।