कुवेतमा रोजगारीको अवसर
काठमाडौँ ३ मंसिर । कुवेतमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । कुवेतको विभिन्न कम्पनीले एक सय भन्दा बढी पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ५८ हजार माथि सम्म पाउनेछन् ।। इच्छुक कामदारले मनकामन फरेन इम्प्लोईमेन्ट प्रालिको कार्यालय सितापाइला काठमाडौँ मंसिर १० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदार आफैले बेहोर्नु पर्नेछ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।









