अब फोन गरेर ऋण पाउने सकिने, कुन कुन बैंकमा छ यस्तो सुविधा ?
काठमाडौँ १० फागुन- नेपालमा पहिलो पटक फोनलोन सुविदा सुचारु भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । हाल ‘फोन लोन’को सुविधा तीनवटा वाणिज्य बैंकले दिइरहेका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा दिएका छन् । फोन लोनमार्फत सय दिनमा कूल एक हजारले ऋण लिएको पाइएको हो ।
पछिल्लो समय मानिसहरुको व्यस्तता सँगै प्रबिधि विकासलाई मध्य नजर गर्दै बैंकहरुले उक्त सेवा सुचारू गरेका छन् । बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोवार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको सम्बन्धित बैंकले जनाएको छ ।
त्यस्तै बैंकले रु दुई लाखसम्म ऋण दिने गरिएको छ । बैंकमा खाता भएका व्यक्तिले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंकसम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झटसमेत हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया विना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् ।