साउदीमा सीप भएका विदेशीलाई साउदी नागरिकता प्रदान गरिने
काठमाडौँ ३० कात्तिक ।साउदीमा विदेशीलाई साउदी नागरिकता प्रदान गरिने भएको छ । साउदीले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता प्रदान गर्ने निर्णय गरेको हो ।
उच्च सीप युक्त विदेशी नागरिकलाई आकर्षण गर्न र साउदीलाई ज्ञानको हब बनाउनका लागि यस्तो कदम चलेको हो । डाक्टर, वैज्ञानिक, सांस्कृतिक, खेलकुद र प्राविधिक लगायतको विशेष क्षेत्रमा काम गर्ने नागरिकलाई बिहीबार साउदीको शाही आदेशले अनुमति दिएको हो ।