image
image

यूएईले गर्यो‍ श्रम कानुनमा सुधार, श्रमिकलाई राहत 

काठमाडौँ ३० कात्तिक । यूएईले  श्रम कानुनमा सुधार गरेको छ । सोहि कानुन अनुसार यूएईमा रोजगारदाताले श्रमिकको इच्छा विपरीत काममा लगाउन नपाइने भएको छ । त्यस्तै श्रमिकले अदालतमा मुद्दा लड्दा शुल्क तिर्न नपर्ने भएको छ ।


यस्तै श्रमिकले चाहेमा एउटाभन्दा बढी कम्पनीमा काम गर्न पाउनेछन् । यदि श्रमिकको मृत्यु भएमा श्रमिकले पाउनु पर्ने रकम कम्पनीले १० दिन भित्र उपलब्ध गराउन पर्ने छ भने मृतकको शव पठाउने खर्च पनि रोजगारदाता कम्पनी स्वयंले व्यर्होन पर्नेछ ।

महिला श्रमिकले पाउने सुत्केरी बिदालाई ४५ दिनबाट बढाएर ६० दिन पुर्‍याइएको छ । ४५ दिन बिदाको तलब पाइने छ भने १५ दिन अर्थ तलबी बिदा महिला कामदारले पाउने छन् । त्यस्तै  कुनै पनि जात, वर्ण, रङ्ग, लिङ्ग, धर्म, राष्ट्रियता आदिका आधारमा पनि भेदभाव गर्न नपाइने व्यवस्था गरिएको छ ।      
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।