टर्की प्रवेशमा नेपालीलाई कडाई, यस्तो छ नयाँ नियम
काठमाडौँ २९ कात्तिक । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फेरी कोभिड संक्रमण बढ्न थालेसँगै टर्कीले सोमबारदेखि यात्राका प्रावधानमा कडाइ गरेको छ । नयाँ नियम अनुसार अब नेपाल र भारतबाट टर्की आउजाउ गर्ने यात्रुले ७२ घण्टाको नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य रूपमा देखाउनु पर्नेछ।
कोभिड-१९ विरुद्धको खोप लगाएको १४ दिन कटिसकेका यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन। त्यस्तै खोप प्रमाणपत्र र पीसीआर नेगेटिभ रिपोर्ट नभएका यात्रुलाई १० दिने अनिवार्य क्वारेन्टिनको प्रावधान राखिएको सूचनामा उल्लेख छ। क्वारेन्टिनमा बसेका यात्रुले १० औं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ। नगरेको अवस्थामा क्वारेन्टिन बसाइ अवधि चार दिन थपिने जनाइएको छ।