मलेसियामा विदेशी पर्यटकका लागि बोर्डर खुल्ला गर्ने तयारी, श्रमिकका लागि अझै अन्योल
काठमाडौँ २६ कात्तिक । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउदै बोर्डर खुला गर्ने तयारी गरेको छ ।
मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको हो ।
पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लागि खुला गर्न लागेको हो ।यद्यपी विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन ।