image
image

लोकसेवा आयोगमा भारी संख्यामा कर्मचारी माग

 काठमाडौँ २४ कात्तिक ।  लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका आठौ र सातौ तहका पदमा जागिर खुलाएको हो ।

आयोगका अनुसार स्वास्थ्यका ७ औँ र ८औं तहमा विभिन्न पदका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान गरिएको हो ।  माग गरिएअनुसार कर्मचारी खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धा मार्फत उक्त पदपूर्ति गरिने लोक सेवा आयोगले बताएको छ ।


लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदका लागि कर्मचारीको माग गर्दै विज्ञापन खुला गरेको हो।

यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ । आयोगले इच्छुकलाई आवेदन दिन आह्वान गरेको छ । आवेदन psconline.psc.gov.np मार्फत् दिन सकिनेछ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिने सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मंसिर २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।