ओमानमा गैर कानुनी रूपमा काम गरिरहनु भएको छ ? यदि छ भने बिना जरिवाना स्वदेश फर्कन अब ढिलो नगर्नुहोस् ।
काठमाडौँ २२ कात्तिक । ओमान सरकारले ओमानमा गैर कानुनी रूपमा काम गरिरहेकालाई नेपाल फर्कने अवसर दिएको छ । ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर ३१ डिसेम्बरसम्ममा ओमान छाड्न सक्ने अवसर दिएको हो ।
मन्त्रालयकको अनुसार यो अवधिमा भिसा नवीकरण नगरी वा बिना जानकारी आफ्नो रोजगारदाता छोडी गैर कानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिक स्वदेश फर्किएमा श्रम र भिसा सम्बन्धी कुनै पनि जरिवाना लाग्ने छैन ।
त्यस्तै ओमान स्थित नेपाली दूतावासले विभिन्न कारणले आफ्नो रोजगारदाताको सम्पर्क बाहिर रहनुभएका तथा भिसा र राहदानीको म्याद सकिएकाहरूलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन पनि अनुरोध गरेको छ ।