image
image

कहिले कोरिया जान पाउँछन् इपिएस उत्तीर्ण भएकाहरू ? यस्तो छ सरकारको  तयारी

काठमाडौँ, २२, कात्तिक । करिब २० महिनादेखि अन्योलमा रहेको  कोरिया रोजगारी खुल्ने भएको छ। कोरोनाका कारण २० महिनादेखि रोजगार अनुमति प्रणाली (इपिएस) बाट नयाँ कामदार लान बन्द गरेको कोरियाले अब खुल्ला गर्ने भएको छ। 

कोरिया सरकारले केही दिनअगाडी सूचना जारी गर्दै इपिएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिन नोभेम्बर अन्तिम साता सुरु गर्ने जनाएको छ।  

यता नेपालबाट भने कमिटेड कामदार लिइरहेको छ। कोरोना महामारी कम भएसँगै कोरियाले कामदार लैजान सुरु गरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख सुरेश राउतले बताए।

१० कात्तिकमा पहिलो चरणमा कमिटेड ४८ जना कामदार कोरिया गइसकेका छन्। इपिएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेकामा कोरोना महामारी सुरु भएपछि रोकिएको थियो।

नेपालबाट करिब १० हजार कामदार कोरिया जाने पर्खाइमा छन्।  

पहिलो चरणमा ४८ जना पठाइएको छ। अब ७१ जनालाई एकै चरणमा पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए।

विश्वभर फैलिएको कोरोनाका कारण लामो समयदेखि कोरिया रोजगारी अनिश्चित जस्तै बनेको थियो। कोरोेना फैलिएसँगै कोरियाले  खोप, क्वारेन्टाइनलगायत बन्देज लगाउँदै आएको थियो।

कमिटेड कामदार पठाएसँगै कोरिया सरकारको मागअनुसार इपिएस पास गरेर बसेकालाई पठाउने विभागको तयारी छ।

दोस्रो उडानमा ७१ जनालाई पठाउने तयारी  भएको छ, उनले भने, ‘मंसिर दोस्रो सातासम्ममा सबै कामदार पठाउने तयारी गरेका छौं।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।