image
image

खुशीको खबर:झण्डै २ वर्षदेखि बन्द ईपीएस खुल्दै 

काठमाडौँ २१ कात्तिक । आउँदो मङ्सिरदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) खुल्ने भएको छ ।  कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि  बन्द गरेको दक्षिण कोरियाले आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो ।
  
कोरियाको श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम हप्ता सुरु हुन लागेको हो ।

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । तर कोरोना महामारी सुरु भएसँगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो । विदेशी कामदार नजाँदा त्यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।