image
image

अब आर्थिक सहायता र बिमाको रकम एउटै बैङ्क खातामा पठाउने

काठमाडौँ १० कात्तिक । अब वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता र बिमाको रकम मृतक कामदारको परिवारको  एउटै बैङ्क खातामा पठाउने तयारी गरेको छ । विभिन्न जिल्लामा रहेका मृतकका परिवारले रकमका लागि काठमाडौँ नै धाउनु पर्ने बाध्यताको अन्त्यका लागि बोर्डले यस्तो तयारी गरेको हो । सो कुराको लागू भएपछि बोर्डले हकवालाको बैङ्क खातामा रकम पठाउनेछ ।

कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार बोर्डमा आर्थिक सहायताका लागि प्राप्त भएका प्रमाणित कागजात र निवेदनको आधारमा बिमाको रकम पनि त्यही बैङ्क खातामा पठाउने गरी सहमति भइसकेको छ । 

त्यसका लागि बोर्डले बिमा समिति, वैदेशिक रोजगारीमा जानेहरूको बिमा गर्ने बिमा कम्पनी लगायतसँग छलफल गरिसकेको छ । बोर्डले अघि बढाएको छलफलमा बिमा समिति र बिमा कम्पनीहरू सहमत भएका छन् ।

वैदेशिक रोजगारीको  क्रममा करार अवधि भित्र वा करार नाघेको एक वर्ष भित्र श्रमिकको मृत्यु भएमा सम्बन्धित पालिकाले नजिकको हकदार भनेर किटानी सिफारिस गरेको हकदारलाई वैदेशिक रोजगार बोर्डले सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने गरेको छ । जसनुरूप अब मृतकका हकवालाले पालिकाबाटै बोर्डमा निवेदन दिन मिल्ने प्रावधानको तयारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।