कात्तिक अन्तिमसम्म उद्योग नवीकरण गर्न सकिने
काठमाडौँ ४ कात्तिक । उद्योग विभागले वैशाख १५ गते जारी भएको निषेधाज्ञाको कारण नवीकरण हुन नसकेका उद्योगलाई नवीकरण म्याद थप गरेको छ । विभागले एक सूचना जारी गर्दै कात्तिक १ देखि ३० गतेसम्ममा म्याद सकिएका स्वदेशी तथा विदेशी उद्योगले नवीकरण गर्न सक्ने बताएको छ ।
त्यस्तै विभागले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ (क) बमोजिम उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप्न समेत आवेदन गर्न सकिने बताएको छ ।

त्यस्तै विभागले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ (क) बमोजिम उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप्न समेत आवेदन गर्न सकिने बताएको छ ।