image
image

भारतमा एक अर्ब डोजभन्दा बढी कोरोना खोप लगाइयो

काठमाडौँ, ४, कात्तिक । भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । बिहीबार भारतमा १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ । यो समाचार तयार पार्दासम्म बिहीबार मात्रै भारतमा करिब १५ लाख डोज खोप लगाइसकिएको छ ।

एक अर्ब डोज खोप पूरा भएको अवसरमा बिहीबार भारतका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरिँदैछ । भारतीय स्वास्थ्यमन्त्री मनसुख मान्डवीयले दिल्लीस्थित लालकिलामा कैलाश खेरले गाएको गीत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

भारतले एकैदिन २ करोड ५० लाख डोजभन्दा बढी कोरोना खोप लगाइएको थियो । गत सेप्टेम्बर १८ मा भारतमा एकैदिन साढे २ करोडभन्दा बढी डोज कोरोना खोप लगाइएको थियो । भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो मुलुक हो । चीनमा भने गत जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो ।

कोरोनाविरुद्धको खोप अभियानका बारेमा जानकारी समेटिएको वेबसाइट को–विन डट जीओभी डट आईएनका अनुसार भारतमा ७५ प्रतिशत वयस्क नागरिकले पहिलो मात्रा लगाएको र करिब ३१ प्रतिशतले खोपको दुवै मात्रा लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।