image
image
भारत आठौं पटक च्याम्पियन

भारत आठौं पटक च्याम्पियन



 काठमाडौं असोज ३० । भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।  यस संस्करणमा सुनिलको यो पाँचौं गोल हो ।

 खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए।  यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ ।

नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना चकनाचुर भएको छ । तर, नेपाल पहिलो पटक सफामा उपविजेता बनेको छ । नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।