साफ च्याम्पियनसिपको फाइनल खेल आज, नेपाललाई इतिहास रच्ने मौका
काठमाडौं असोज ३० ।
मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरपरिचित दुई प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो ।
त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ ।
भारतविरुद्ध नेपालका विंगर तथा मुख्य खेलाडी अन्जन विष्टले खेल्ने छैनन् । दुई पहेलो कार्डको कारण उनले फाइनल खेल गुमाउने छन् ।
यस्तै मिडफिल्डर पुजन उपरकोटीले खेल्ने सम्भावना कम रहेको छ । चोटको कारण उनले फाइनल खेल्ने सम्भावना कम रहेको छ ।