image
image

लगातार सेयर बजार उकालो लाग्दै

काठमाडौँ - सेयर बजारमा उछाल आउने क्रमले साताको अन्तिम दिन पनि निरन्तरता पाएको छ । लगातारको वृद्धिसँगै २६ सय अंकमाथि उक्लिएको सेयर बजार मापन गर्ने नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकको वृद्धिसँगै उकालो लागेको हो । बिहीबार नेप्से परिसूचक २५.२३ अंकले बढेर २६३६.६८ अंक उक्लिएको हो । बजारमा उछाल आउने क्रमले निरन्तरता पाएको दिन लगानीकर्ताहरू बैकिङ समूहको परिसूचकमा झुम्मिएका छन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

अघिल्लो दिन जस्तै बिहीबार पनि समग्र परिसूचक नै वाणिज्य बैंक र विकास बैंक समूहको परिसूचकले उचालेको छ । विकास बैंक समूहको परिसूचक २.४५ प्रतिशतले बढ्दा वाणिज्य बैंक समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ । बिहीबार बिमा, लघुवित्त र निर्जिवन बिमा समूहको परिसूचक भने घटेको छ । बाँकी सबै समूहको परिसूचक बढेको छ ।

कारोबार रकमको आधारमा एनआइसी एसिया बैंकको सबैभन्दा धेरै ५६ करोड एक लाख बराबरको सेयर किनबेच भएको छ । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि ५० करोड ८२ लाख बराबरमा ९ लाख ३२ हजार ५ सय ३४ कित्ता सेयर सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य लगातार १० प्रतिशतले वृद्धि हुँदै आएको छ ।

बिहीबार कुल २ सय ६ कम्पनीको १ करोड ९६ कित्ता सेयर ८ अर्ब ७६ लाख २१ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ । अघिल्लो दिन ८ खर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस दिन नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले १० प्रतिशतले कमाउदा इन्फ्रास्ट्रक्चर बैंकसहित ७ वटा कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।