image
image

चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा 

काठमाडौँ, १९, असोज । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराएको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले दिएको १३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । 

दिल्लीको जितका लागि शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाए । बलिङतर्फ चेन्नईका लागि रविन्द्र जडेजा र शार्दुल ठाकुरले २–२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायडुले अविजित रहँदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । रोबिन उथप्पाले १९ रन बनाए । 

बलिङतर्फ दिल्लीका अक्षर पटेलले २ विकेट लिए । जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले १३ खेलमा २० अंक जोडेको छ । चेन्नई १८ अंक जोडेर दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।