image
image

भलिबल च्याम्पियनसिप अन्तर्गत हेल्प नेपालको जित

काठमाडौँ ११ असोज ।राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा हेल्प नेपालले वाग्मती प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विजयी हासिल गरेको हो । हेल्प नेपालले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो तथा अन्तिम सेटमा २५–१२ को जित निकाल्यो ।

यस जितसँगै समूह ‘ए’ मा रहेको हेल्प नेपालले दुई अङ्क बटुलेको छ । यता वाग्मतीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा वाग्मती गल्कोट स्पोर्ट्स क्लबसँग पराजित भएको थियो । नेपाल भलिबल सङ्घको आयोजना भएको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । महिला तथा पुरुष विजेता टोलीले रु चार लाख प्राप्त गर्ने छ भने उपविजेता टोलीले रु दुई लाख पाउने छ । तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।