अब सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौँ । सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटको जडान अनिवार्य गर्ने भएको छ । सरकारी सवारीसाधनलाई मात्र अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेट अब सर्वसाधारणका लागि पनि अनिवार्य हुने भएको हो ।
यातायात व्यवस्था विभागले फागुन महिनाभित्र सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडानको व्यवस्था गरेको छ । त्यस्तै, अब निजी सवारीसाधनमा पनि यसलाई अनिवार्य गर्ने व्यवस्था गर्ने तयारी गरिएको विभागका महानिर्देशक गगनबहादुर हमालले जानकारी दिए ।
हालसम्म विभागले सार्वजनिक, निजी, सरकारी गरी ६ हजार ओटा सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान गरिसकेको छ। विभागले चैत १ गतेदेखि बैशाख अन्तिमसम्ममा सबै सार्वजनिक सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने व्यवस्था गर्न लागेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए ।
यातायात व्यवस्था विभाग र अमेरिकाको डेकाटुर र बंगलादेशी कम्पनी टाईगरको भेन्चर कम्पनी डेकाटुर टाईगर ईन्कर्पाेरेटबीच करिव ५ बर्षअघि नेपालका २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको ५ बर्ष पुग्नै लाग्दा त्यसको करिव ३ प्रतिशत मात्रै काम भएको छ ।
यद्धपी, विभागले कम्पनीको म्याद थपरै भएपनि सम्झौता बमोजिम २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना बनाएको छ ।