image
image

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकियो

काठमाडौँ  ९ असोज ।काठमाडौंस्थित कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकिएको छ । पोखरीमा टनाटन पानी भरिएको छ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माण प्रगतिको निरीक्षण पनि गरेका छन् ।अहिले पोखरीको पहिलो चरणको काम भइरहेको छ । छिट्टै उदघाटन गरेर पोखरीलाई पर्यटन व्यवस्थापनसँग जोड्ने शाक्यको भनाइ छ । 

‘सबैले रानीपोखरी मात्रै देखेका छन् । हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ । एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण भइरहेको हो,’ उनले भने  ।आकाशे पानी संकलन र पुनःभरण तथा पानी शुद्धीकरण गर्ने योजनासहित पोखरीको पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणको दोस्रो चरणमा यसअघि प्रहरी भवन रहेको ठाउँमा पार्क निर्माण गरिनेछ । 

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, व्यायामशाला, उद्यान, खुल्ला क्षेत्रसहितको डिजाइन अनुरूप पुनर्निर्माण गरिरहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।  

उनका अनुसार पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहनेछन् । करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको पोखरी बास्तुशास्त्रमा आधारित छ । परम्परागत नेवारी शैलीलाई आत्मसात गर्दै पोखरी पुनर्निर्माण गरिएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।